अमेरिकासँग तनाव बढेसँगै परमाणु सम्झौता नमान्ने इरानको घोषणा

Machchapuchchre

एजेन्सी । अमेरिकासँग तनाव बढेसँगै इरानले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट आफू पूर्ण रुपमा बाहिरिएको घोषणा गरेको छ । एक वयानमा भनिएको छ अब परमाणु क्षमता, परमाणु क्षमताको तह र परमाणु सामग्रीको भण्डारणसहित परमाणुसँग सम्बन्धी अनुसन्धान तथा विकासमा कुनै पनि सीमा इरानले मान्ने छैन ।

राजधानी तेहरानमा बसेको मन्त्रिपरिषद बैठकपछि इरानले यस्तो घोषणा गरेको हो । अमेरिकी हवाई आक्रमणमा परि आफ्ना जनर कासिम सुलेमानीको मृत्यु भएपछि इरानको तफर्पबाट आएको यो अहिलेसम्मको सबैभन्दा ठूलो प्रतिक्रिया आएको हो ।

२०१५ को सम्झौता अनुसार, इरान आफ्नो संवेदनशील परमाणु कार्यक्रमलाई सिमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षकलाई आउन अनुमति दिएको थियो । यसको बदलामा इरानमाथि लागेको आर्थिक प्रतिबन्ध हटेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मे मा अमेरिकाले सन् २०१५ मा भएको सम्झौता नमान्ने घोषणा गरेका थिए । आइतवार इराकको संसदले बगदादमा सुसलेमानी मारिएको विरोधमा इराकबाट विदेशी सुरक्षाबललाई निकाल्ने एक गैर बाध्यकारी प्रस्ताव पास गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्