इराकको संसदद्वारा अमेरिकी फौजलाई देशबाट हटाउने प्रस्ताव पारित

Machchapuchchre

एजेन्सी । इराकको संसदले एक प्रस्ताव पास गरेर सबै विदेशी सैनिकलाई देश छोड्न भनेको छ । इरानी सैन्य कामाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले शुक्रवार इराकको राजधानी बग्दादमा हत्या गरेको थियो । यसपछि इराकको संसदले यस्तो प्रस्ताव परित गरेको हो ।

इराकमा अहिले अमेरिकाका पाँच हजार सैनिक छन् । संसदले सरकारलाई विदेशी बललाई इराकको जमिन, हवाई क्षेत्र र जल क्षेत्रको प्रयोगमा रोकियोस् । इराकको संसदले सरकारलाई अमेरिकी सेनाबाट प्राप्त सबै सहयोग बन्द गर्न पनि आह्वान गरेको छ ।

अल अरेबियाका अनुसार इराकको संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले जति सक्यो चाँडो इराकमा विदेशी सैनिकको उपस्थित अन्त्य गर्नुपर्ने बताएका थिए । इराकका प्रधानमन्त्रीले इरानी सैन्य कमाण्डरको हत्या एक राजनीतिक हत्या भएको बताए ।

तर यो प्रस्ताव बाध्यकारी भने होइन । अमेरिकी सैनिकको उपस्थितिमाथि यो प्रस्तावले केही असर पर्ने छैन । यदी विदेशी सैनकिलाई सैनिकलाई इराकबाट बाहिर पठाउने हो भने यसका लागि नयाँ कानून ल्याउन आवश्यक हुन्छ जसको माध्यमबाट सम्झौता समाप्त हुन सकोस् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्