पार्टीको पछिल्लो निर्णय सच्याइनुपर्छ- नेता पौडेल

Machchapuchchre

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए ।

नेता पौडेलले भने, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ । ‘ पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको पौडेलको आरोप छ । पौडल समूहको बहिष्कारका बीच नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औँ महाधिवेशनको मिति तोकेको थियो ।

‘पार्टीमा केही समस्या छन्’, पौडेलले भने, ‘समाधानका लागि मैले नौबुँदे एजेन्डा प्रस्तुत गरेको थिएँ, त्यसमा छलफल हुँदै गर्दा एकलौटी निर्णय भयो ।’ जीवन्त पार्टीमा साना ठूला विवाद भने भइरहने भन्दै नेता पौडेलले पार्टीलाई सुदृढ बनाउन नेता कार्यकर्ताले विकल्प खोज्ने बताए । ‘म पार्टीलाई सुधार गर्दै जनताको भरोसाको केन्द्र बनाउने मिशनमा छु’, उनले भने ‘विकल्प कार्यकर्ताले खोज्छन् ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्