युक्रेनी जहाज क्षेप्यास्त्रबाट खसालिएको अमेरिकी दावीको इरानद्वारा खण्डन

Machchapuchchre

तेहरान । इरानले शुक्रबार आफ्नो राजधानी तेहरानको नजिक दुर्घटना भएको युक्रेनी विमानलाई इरानद्वारा इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले खसालेको भन्ने अमेरिकाको दावीको खण्डन गरेको छ ।

विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको भन्दै यसबारे अहिल्यै केही भन्न नसकिने तर अमेरिकालगायतका उसका सहयोगीहरूले दावी गरेजस्तो विमानमा इरानी क्षेप्यास्त्र लागेको भन्ने दावी ‘गलत’ रहेको इरानले बताएको हो ।

इरानको नागरिक उड्डयन संगठन, दुर्घटना विभागका प्रमुख हसन रजाइलाई उद्धृत गरिएको एक फरक रिपोर्टमा इरानले आफ्नो मेहरावाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रयोगशालामा दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याकबक्स’ को अनुसन्धान शुरू गर्ने बताएको छ ।

यूक्रेनी विमान तेहरान नजिकै दुर्घटनाग्रस्त भएको थियो भने विमानमा यात्रा गरिरहेका १७६ जनाको घटनास्थलमा नैे मृत्यु भएको थियो । इराकमा रहेको अमेरिकी सैनिक शिविरहरूलाई लक्षित गरी इरानले हवाई आक्रमण गरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको थियो ।

तेहरानले विमान दुर्घटना हुनुको कारण प्राविधिक समस्या उल्लेख गरेको छ तर अमेरिका, बेलायत र क्यानाडाली अधिकारीहरूले युक्रेनी विमानलाई इरानले हानेको क्षेप्यास्त्रले खसालेको बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्