प्राथमिकताका आधारमा पुनर्निर्माणको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको काम सन्तोषजनक रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय पुननिर्माण परामर्श परिषद्को पाचौं बैठकमा पुननिर्माणको वर्तमान अवस्था एवं कर्ययोजनाको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले अहिले सम्मको पुननिर्माणको प्रगति सन्तोषजनक रहेको बताएका हुन।

उनले पुननिर्माणको काममा भएको अहिले सम्मको प्रगतिका आधारमा तीन वटा निर्णय गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए। कामको प्रगतिलाई लिपिबद्ध गरेर जानुपर्ने, बाँकी कामहरुलाई छिटो सम्पन्न गर्न देखिएका समस्या समाधान गर्नुपर्ने र प्राथमिकताका आधारमा पुननिर्माणमा जोड दिनुपर्ने विषयमा निर्णय गरी अगाडि बढ्नुपर्ने उनले बताए।

बैठकमा प्रधानमन्त्री ओलीले अहिले सम्मको प्रगति र अनुभवलाई लिपिवद्ध गरेर राख्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन समेत दिए।

बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुननिर्माण, शिक्षण संस्थाहरु, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, पुरातात्विक एवं सांस्कृतिक सम्पदा, सडक तथा खानेपानी, सामाजिक आर्थिक पुनर्स्थापना, पुनर्निर्माणको दीगोपना र हस्तान्तरण तथा बजेट व्यवस्थापन र खर्चको विवरणका विषयमा भएका प्रगतिको जानकारी गराएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्