प्रदेश ३ को राजधानी धुलिखेल बनाउन साझा पार्टीको प्रस्ताव

Machchapuchchre

हेटौंडा । साझा पार्टीले काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउन प्रस्ताव गरेको छ । उसले आफ्नो प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेको छ ।

प्रदेश ३ को नाम ‘वागमती’मा सहमत हुँदै राजधानी धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रस्तावक रमेश पौडेलले बताए । सांसद रमेश पौडेलको यो प्रस्तावमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य समर्थक छन् । प्रदेश ३ साझा पार्टीका तीन सांसद छन् ।

बहुमत सदस्य रहेको नेकपाले प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा राख्ने निर्णय गर्दै सबै दलको समर्थन जुटाउन प्रयास गरिरहेको छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानी टुंगो लगाउनुपर्छ ।

संसदमा प्रतिनिधित्व गरेका नेकपा, कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले भने राजधानी हेटौंडा र नाम वागमतीमा सहमती जनाएर प्रस्ताव दर्ता गर्दै छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्