धनुषामा युवकलाई ठक्कर दिने टिपरको चालक पक्राउ

RBB

काठमाडौं । अवैध नदी उत्खनन्को विरोध गर्ने युवकलाई धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर ‘हत्या’ गरिएको घटनामा अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई पक्राउ गरेको हो ।

शुक्रबार बिहान टिपरको ठक्करबाट स्थानीय दिलिपकुमार महतोको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले भने, ‘चालकलाई नियन्त्रणमा लिएर हामीले विस्तृत अनुसन्धान थालेका छौं ।’

घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए । उनको खोजीमा परिचालित टोलीले ढल्केवर पश्चिमबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रामकुमार यादवले बताए । पीडित परिवारले पनि हत्या गरेर किचिएको दाबी गर्दै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्