तत्कालिन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको आज एक वर्ष पूरा

काठमाडौं । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शन पछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोहि क्षेत्रमा नै हेलिकोप्टर दुर्घटना भइ अधिकारीसहित ७ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक […]

प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच बालुवाटारमा भेटवार्ता, के-के भयो कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । दुई नेताबीच झण्डै डेढ घन्टा कुराकानी भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीले डा कोइरालासँग गरेको भेटवार्तामा कोइरालाले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए । जवाफमा […]

प्रधानमन्त्रीले राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने प्रस्ताव गर्नुभएको छैन – थापा

काठमाडौं । संविधान संसोधनका बिषय जोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आएको समाचारको ओलीको सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको सचिवालयका एक सदस्य समेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्रोतलाई हवला दिदै आएका समाचारको ट्वीटमार्फत खण्डन गरेका हुन् । थापाले बुधबार राति ट्वीट गर्दै पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री एबं अध्यक्ष केपी शर्मा […]

अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक हुनुपर्छः मुख्यमन्त्री पौडे

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धारको पढाइ हुनुपर्ने बताएका छन्। नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अबको नयाँ शिक्षालाई परिमार्जन गरी पढाउने हैन सिकाउने शिक्षाका रुपमा विकास गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा राम्रो […]

बाँस्कोटाको अडियो प्रकरणबारे छानबिन गर्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसमक्ष  माग गरेकी छिन् । सांसद भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारवाही गर्न जोड दिए । सांसद राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट र विमला नेपालीले नेपालको सिमाना क्षेत्र जोगाउन सरकारको ध्यानाकषर्ण गराए । सांसद […]

संसदमा डा भट्टराईको प्रश्न – जडौरी लुगा र चप्पल मागेर लगाएका हामीहरुको काठमाडौंमा महल कसरी ठडियो ?

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै नेता र सांसदहरुको सम्पत्ति छानवीन गर्न प्रस्ताव गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पूर्व प्रधानमन्त्री डा भट्टराईले आफू लगायत सबैको सम्पत्ति छानवीन गर्न प्रस्ताव गरेका हुन् । आफूहरु जनयुद्धको बेलामा साथीहरुले दिएको जडौरी लुगा र चप्पलको भरमा हिँडेको भन्दै उनले आज कसरी सुटेड बुटेड […]

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेककपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ । बुधवार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो । यसअघि मनोनीत अर्थमन्त्री युवराज खतिवडाको […]

बालुवाटारमा शुरु भयो नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीको प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । बैठकले यसअघि एमसीसी अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने अनुमान गरिएको छ । यसअघि गत शनिबार बसेको सचिवालय बैठकमा एमसीसीबारे छलफल भए पनि निर्णय […]

देश नयाँ युगमा प्रवेश गरिसक्यो – मुख्यमन्त्री शेरधन राई

खोटाङ। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन् । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा राईले मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका हुन् । ‘यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक स्थायित्वको युग हो’, राईले भने ‘देशमा छ महिनामा सरकार ढल्ने युग […]

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता र पूर्वमन्त्री गोकुल बाँस्कोटाको ‘कमिसन बार्गेनिङ’ प्रकरणमा छलफल हुने बताइएको छ । यस्तै बामदेव गौतमको इच्छाबमोजिम राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गर्न कार्यदल […]