वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेककपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ । बुधवार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो । यसअघि मनोनीत अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ । ०७४ मा प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट तत्कालीन वामगठबन्धनबाट उम्मेदवार बनेका गौतम पराजित भएका थिए ।

त्यसयता उनले केही पटक प्रतिनिधि सभामा निर्वाचित भएर जान खोजेका थिए । डोल्पा र काठमाडौंबाट उनी विजयी सांसदलाई फिर्ता गराएर भएपनि उनी निर्वाचित हुन खोजेका थिए । तर चौतर्फी आलोचना भएपछि उनी व्याक भएका थिए । यस्तै नेकपाले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्