बालुवाटारमा शुरु भयो नेकपा सचिवालय बैठक

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीको प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । बैठकले यसअघि एमसीसी अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने अनुमान गरिएको छ ।

यसअघि गत शनिबार बसेको सचिवालय बैठकमा एमसीसीबारे छलफल भए पनि निर्णय भएको थिएन । नेकपाको केन्द्रीय कमिटी बैठको निर्णयले झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने, पार्टी एकताका बाँकी काम लगायतमा छलफल हुने छ । सचिवालय बैठक अघि आजै विहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्