संसदमा डा भट्टराईको प्रश्न – जडौरी लुगा र चप्पल मागेर लगाएका हामीहरुको काठमाडौंमा महल कसरी ठडियो ?

Machchapuchchre

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै नेता र सांसदहरुको सम्पत्ति छानवीन गर्न प्रस्ताव गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पूर्व प्रधानमन्त्री डा भट्टराईले आफू लगायत सबैको सम्पत्ति छानवीन गर्न प्रस्ताव गरेका हुन् । आफूहरु जनयुद्धको बेलामा साथीहरुले दिएको जडौरी लुगा र चप्पलको भरमा हिँडेको भन्दै उनले आज कसरी सुटेड बुटेड भएका छौं भन्दै प्रश्न गरे ।

‘सबैको सम्पत्ति छानवीन गरौं । म लागयत हामी सबैको । हिजो हामी साथीहरुले दिएको जडौरी लुगा र साथीहरुले दिएको चप्पल लगाएर हिँड्थ्यौं । आज हामी कसरी सुटेड बुटेड भएका छौं कसरी चिल्ला कार चढेर हिँडेका छौं । कसरी महल भएका छन्’ डा भट्टराईले प्रश्न गरे ।

उनले केही दिनअघि प्रधानमन्त्रीको जन्मघरको तस्वीर देखेको र आफ्नो पनि त्यस्तै बुकुरो घर गोरखामा रहेको उल्लेख गरे । ‘प्रधानमन्त्री ज्यू को अस्ति तेह्रथुमको बुकुरो हेर्दा खेरि, मेरो पनि त्यस्तै छ तर अलि राम्रो छ गोर्खामा । त्यस्तो बुकुरो घर भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौं ?’ उनले प्रश्न गरे ।

‘म अलिकति गणितमा चासो राख्न मान्छे पनि हो । अर्थमन्त्री पनि भइटोपलेको मान्छे’ संसदमा उनले भने,‘हाम्रो कमाइले लाख प्रयास गर्दा पनि, हाम्रो जुन दृश्य कमाइ छ तपाई हाम्रो जो सुकैको दृश्य कमाइले त्यो बुकुरो घरबाट यहाँ काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन यसको छानवीन गरौं यसको निमित्त म सबैसँग आग्रह गर्छु ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्