भोलि बाट मौसममा सुधार

Machchapuchchre

अर्थ राजनीति | बुधबार देशको केहि क्षेत्रमा वर्षा हुनुको साथै मौसममा गढ़बढीको सम्भावना रहेको छ। पच्छिमी न्यून चापिया वायुको कारणले देशका केहि भागमा वर्षा हुनका साथै बिजुली चम्किने जल तथा मौसम पुर्वानुमान महाशाखाले बताएको छ ।

काठमान्डौ उपत्यकामा दिनमा पानि नपरे पनि बेलुकी पख वर्षा हुने सम्भावना देखिएको छ । देशको मध्ये र पूर्वी केहि ठाउँमा वर्षाको साथै चट्यांग पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार काठमान्डौ उपत्यकाको न्यूनतम तापक्रम ६.७ र अधिकतम तापक्रम २२.० डिग्री  सेल्सियस रहेको मौसम पुर्वानुमान महाशाखाले बताएको छ ।

बिहिबार देखि पच्छिमी स्थानमा मौसममा सामान्य सुधार हुने देखिन्छ भने अरु स्थानमा मौसम सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । साथै शुक्रबार देशको पाहाडी क्षेत्रमा मौसम बदली भई बाकि क्षेत्रमा मौसम सफा रहने छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्