तत्कालिन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको आज एक वर्ष पूरा

Machchapuchchre

काठमाडौं । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शन पछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोहि क्षेत्रमा नै हेलिकोप्टर दुर्घटना भइ अधिकारीसहित ७ जनाले ज्यान गुमाएका थिए ।

दुर्घटनामा अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुव्रदास भोछिभया, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।

तेह्रथुमको आठराइस्थित चुहान डाँडामा विमानस्थल निर्माणका लागि अध्ययन तथा अवलोकनका क्रममा जानुभएका मन्त्री अधिकारीसहितको टोली त्यहाँको कार्यक्रम सकेर पाथीभराको दर्शनका लागि ताप्लेजुङ आएको थियो । पाथीभरा दर्शन गरि फर्कने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको थियो । पाथीभराबाट उडेको केहि मिनेटमै हेलिकोप्टर दुर्घटना भएको थियो ।

दुर्घटना भई राष्ट्रले एक होनाहार नेता गुमाएको एक वर्ष भए पनि आज ताप्लेजुङमा कुनै स्मृतिका कार्यक्रम आयोजना भएनन् । यसैबीच रविन्द्र अधिकारीको सम्झनामा पाथीभरा क्षेत्रमा पर्ने गोरु जुरेमा स्मृति पार्क बन्ने भएको छ ।

केन्द्र सरकारले स्मृति पार्क निर्माणकै लागि फुङलिङ नगरपालिकालाई ५० लाख पठाएको छ भने सहरी तथा भवन निर्माण आयोजना भद्रपुर झापालाई २० लाख पठाएको छ । उक्त रकमले यो वर्ष नै डीपीआर तयार गरी स्मृति पार्क निर्माणको कार्य अघि बढाइने फुङलिङ नगरपालिका का मेयर छत्रपति प्याकुरेलले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्