प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच बालुवाटारमा भेटवार्ता, के-के भयो कुराकानी

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

दुई नेताबीच झण्डै डेढ घन्टा कुराकानी भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीले डा कोइरालासँग गरेको भेटवार्तामा कोइरालाले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए ।

जवाफमा ओलीले विपक्षी दलले राजीनामा दिन सुझाउनु स्वाभाविक भएपनि आफूविरुद्ध पार्टीभित्रैबाट षड्यन्त्र हुन थालेको गुनासो गरेका थिए । उनले आफूले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने भन्दै आफूमाथि भएको चौतफी हमलाको सामना गर्ने बताएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्