काठमान्डौ इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई वाणिज्य बैंकद्धारा ५० लाखको सहयोग

Machchapuchchre

अर्थ राजनीति |  काठमान्डौ इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई वाणिज्य बैंक लिमिटेडले अस्पताल बनाउनको निमीत्त ५० लाख रुपैया सहयोग गरेको छ | २०७६ फाल्गुन १४ गतेका दिन वाणिज्य बैंकका प्रमुख अधिकृत किरण कुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन | वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारले ५० लाख रुपैयाको चेक किओचका संस्थापक अध्यक्ष  प्रा.डा. भगवान कोइरालालाई उक्त कार्यक्रममा हस्तातरण गरेका छन  |

प्रा.डा. भगवान कोइरालाले देशमा स्वास्थ्य उपचारको आवस्था कमजोर र जटिल भइ रहेकोमा बैंकको सिएसआरको पैसा बालबालिकाको स्वास्थ्य उपचारमा हुने अस्पतालमा प्रयोग हुनु राम्रो काम भएको बताए | काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल संचालन गर्ने लागेको छ | यो संस्थाको उदेश्य तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सवै प्रादेशिक बाल अस्पलातहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल संचालन गर्ने हो |

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्