मालेका महासचिव सिपी मैनाली सवार गाडी दुर्घटना

Machchapuchchre

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माले) महासचिव सिपी मैनालीको सवार कार दुर्घटनामा परेको छ । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानसँग ठोक्किएको प्रहरीले जानकारी दिइएको छ ।

दुर्घटनामा परेर घाइते भएका मैनालीको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाई‌ले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्