दुर्घटनामा परेर गम्भीर घाइते माले महासचिव मैनालीलाई ग्राण्डी अस्पताल लगियो

Machchapuchchre

काठमाडौं । महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गरी गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएका घाइतेलाई काठमाडौंको ग्राण्डी हास्पिटल लगिएको हो । मैनालीको अवस्था गम्भीर रहेको कारण बर्दिबासमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

नेपाली सेनाको ठूलो हेलिकोप्टर ग्राण्डी अस्पतालमा ल्याण्ड हुन नसक्ने भएपछि घाइते मैनाली सवार हेलिकोप्टरलाईलाई त्रिभुवन विमानस्थलमा अवतरण गराई अस्पताल लगिएको हो । विमानस्थलमा ग्राण्डी अस्पतालबाट डा सुरज ज्ञवालीको टीम पुगेको थियो ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्