प्रधानमन्त्रीले राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने प्रस्ताव गर्नुभएको छैन – थापा

Machchapuchchre

काठमाडौं । संविधान संसोधनका बिषय जोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आएको समाचारको ओलीको सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको सचिवालयका एक सदस्य समेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्रोतलाई हवला दिदै आएका समाचारको ट्वीटमार्फत खण्डन गरेका हुन् ।

थापाले बुधबार राति ट्वीट गर्दै पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री एबं अध्यक्ष केपी शर्मा ओलीले त्यस्तो प्रस्ताव नराखेको जनाएका हुन् । ट्वीटमा थापाले भनेका छन् ‘राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्ने’ जस्ता कुनै पनि प्रस्ताव राख्नु भएको छैन। यसप्रकारका समाचारमा कुनै सत्यता नभएको व्यहोरा जानकारी गराउन चाहन्छु ।

”पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री एबं अध्यक्ष केपी शर्मा ओलीले “राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्ने”जस्ता कुनै पनि प्रस्ताव राख्नु भएको छैन। आजकाे एक दैनिकमा छापिएकाे यसप्रकारकाे समाचारमा कुनै सत्यता नभएकाे व्यहाेरा जानकारी गराउन चाहन्छु ।” उनले फेसबुकमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्