सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै

Machchapuchchre

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता र पूर्वमन्त्री गोकुल बाँस्कोटाको ‘कमिसन बार्गेनिङ’ प्रकरणमा छलफल हुने बताइएको छ ।

यस्तै बामदेव गौतमको इच्छाबमोजिम राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गर्न कार्यदल घोषणापछि भएको नेकपाको चर्को आलोचनाका बिषयमा पनि बैठकमा छलफल एवं समिक्षा हुनेछ ।

बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यदलले दिएको एमसीसीको पूर्ण अध्ययन गरिसकेकाले त्यसबारे आफ्नो धारणा राख्नेछन्। गत फागुन ९ गते झलनाथ खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यादलले करिब २० दिन लगाएर एमसीसीको निष्कर्षसहित प्रतिवेदन मस्यौदा तयार पारेर बुझाएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्