अमेरिका र तालिवानबीच दोहामा शान्ति सम्झौता हुँदै, घोषणासभामा नेपालको पनि प्रतिनिधित्व
काठमाडौं । अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच आज दीर्घकालीन शान्ति सम्झौता हुँदै छ । शान्ति सम्झौता कतारको राजधानी दोहामा हुने छ । एक साताअघि नै अमेरिका, अफगान सुरक्षाकर्मी र तालिवानबीच एकअर्काविरुद्ध आक्रमण नगर्ने समझदारी भएको थियो । २२ फेब्रअरीदेखि सुरु भएको यो अस्थायी युद्धविरामलाई हेरेर २९ फेब्रुअरीमा दीर्घकालीन शान्ति सम्झौता गर्ने सहमति भएको थियो । […]
