अमेरिका र तालिवानबीच दोहामा शान्ति सम्झौता हुँदै, घोषणासभामा नेपालको पनि प्रतिनिधित्व

Machchapuchchre

काठमाडौं । अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच आज दीर्घकालीन शान्ति सम्झौता हुँदै छ । शान्ति सम्झौता कतारको राजधानी दोहामा हुने छ । एक साताअघि नै अमेरिका, अफगान सुरक्षाकर्मी र तालिवानबीच एकअर्काविरुद्ध आक्रमण नगर्ने समझदारी भएको थियो । २२ फेब्रअरीदेखि सुरु भएको यो अस्थायी युद्धविरामलाई हेरेर २९ फेब्रुअरीमा दीर्घकालीन शान्ति सम्झौता गर्ने सहमति भएको थियो ।

सोही सहमतिअनुसार शनिबार दोहामा शान्ति सम्झौतामा हस्ताक्षर हुन लागेको हो । शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा १८ वर्ष चार महिना लामो युद्ध अन्त्य हुनेछ । अमेरिकाले अफगानिस्तान सरकारलाई सघाउँदै तालिवान लडाकुविरुद्ध आक्रमण गर्दै आएको थियो ।

पछि अमेरिकाले नै शान्ति सम्झौताको पहल गरेको थियो । सन् २०१८ को सेप्टेम्बरमा अमेरिकी विदेशमन्त्री पाइक पोम्पेओले कूटनीतिज्ञ जालमेई खलिलजादलाई अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विशेष दूत नियुक्त गरेका थिए । खलिलजादकै पहलको प्रतिफल हो यो अमेरिका–तालिवान शान्ति सम्झौता ।

काबुलको घोषणासभामा नेपालको पनि प्रतिनिधित्व
दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि शनिबार नै अफगानिस्तानको राजधानी काबुलमा युद्धविरामको संयुक्त घोषणा हुने छ । संयुक्त घोषणा सभामा अमेरिकी रक्षामन्त्री मार्क एस्पर, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव जिन्स स्टेलनबर्ग, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलगायत बिभिन्न देशका प्रतिनिधिहरुको सहभागीता रहने छ । घोषणासभापछि मात्र अफगान राष्ट्रपति घानीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् ।

सन् २००१ अक्टोबर ७ बाट अमेरिकाले अफगानिस्तानमा तालिवान सरकारविरुद्ध युद्ध सुरु गरेको थियो । सोही वर्ष अमेरिकाको पेन्टागनस्थित ट्वीन टावरमा हमला भएको थियो । यो हमलाका योजनाकार अलकायदा प्रमुख ओसामा विन लादेन भएको र उनी अफगानिस्तानमा तालिवानको संरक्षणमा रहेको निष्कर्ष अमेरिकाको थियो । त्यसैले ओसामा विन लादेनलाई अमेरिकाको जिम्मा लगाउन तालिवानलाई अमेरिकाले आग्रह ग¥यो ।

तर, अमेरिकाको सो आग्रह तालिवानले अस्वीकार ग¥यो । त्यसको १० वर्षपछि अर्थात् २०११ मे २ मा ओसामा विन लादेन अमेरिकी सुरक्षाकर्मीबाट पाकिस्तानको अबोटावादमा मारिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्