कुनै पनि हालतमा पार्टीलाई विघटन र विभाजन हुन नदिने प्रचण्डको दाबी, भन्छन्- विवाद र बहस हुन्छ

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि हालतमा पार्टीलाई विघटन र विभाजन हुन नदिइने दाबी गरेका छन् । विहीवार बाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले केही विवादहरु देखिएपनि पार्टीलाई विघटन र विभाजन हुन नदिने प्रतिवद्धता कार्यकर्तामाझ गरेका हुन् ।

‘पार्टी भनेको जमेको पोखरी जस्तो निलो भएर बस्ने, किटाणुहरु लाग्ने जस्तो होइन । पार्टी गडगडाएर अघि बढ्ने हो त्यहाँ विवाद बहस हुन्छ’ प्रचण्डले भने,‘आजभोलि के हो भन्ने तपाईलाई परेको छ । हामी धेरै दुःख र मूल्य चुकाएर देशमा कम्युनिस्ट पार्टीमा यो स्थानमा ल्याएका हौं । यसमा धेरैको रगत पसिना करोडौं जनताको आशा छ । यो पार्टीलाई कुनै पनि विघटन र विभाजन हुन दिइने छैन ।’

दुई अध्यक्षबीच विवाद भएको बारे सञ्चारमाध्यममा आएका समाचारहरुलाई नपत्याउन आग्रह गर्दै प्रचण्डले दुई अध्यक्षबीचको विवाद सामान्य भएको बताए । ‘दुई अध्यक्ष विवाद त गर्छौं । निकै नै परेको जस्तो गरी विवाद पर्छ । तपाईहरुनै तर्सने जसरी । तर विवाद समाधान गरेका त छौं’ प्रचण्डले भने,‘अहिले पनि केही विषयमा के के हो भन्ने आएको छ । मिडियामा आएको जसरी पछि नलाग्नु होला । हामी बसेर समस्या समाधान गर्छौं’

नेकपालाई कमजोर र विभाजित गर्ने प्रतिक्रियावादीको षड्यन्त्रलाई पूरा हुन नदिइने बताउँदै प्रचण्डले एक ढिक्का भएर अघि बढ्न सबैलाई आह्वान गरे । प्रचण्डले कम्युनिस्टहरुलाई दुश्मनका गोलीले नसिध्याएपनि आचरणले गर्दा समस्या आउने गरेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्