कसैलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन हुँदैन – गुरुङ

Machchapuchchre

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले केहि पात्रलाई प्रधानमन्त्री बनाउनकै निम्ति संविधान संशोधन गर्ने भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् । विहिबार राजधानीस्थित संवाद डबलीले गरेको समसामयिक राजनीतिक विषयमा गरिएको अंतर संवाद कार्यक्रममा उनले सो जानकारी दिएका हुन् ।

सचेतक गुरुङले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने बाटो खोल्न संविधा संसोधन गर्ने भन्ने विषयमा आइरहेको समाचारप्रति लक्षित गर्दै भने,“सचिवालयको हवाला दिँदै कुनै पात्रलार्ई केन्द्रविन्दु बनाउँदै समाचार आएको छ, जुन कुरा सत्य होइन ।” सो पार्टीका स्थायी समिति सदस्य समेत रहेका नेता गुरुङले संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने तर सहमति नभए संशोधन नै गर्न नसकिने बताए ।

संविधान सम्झौताको दस्तावेज भएका कारणले यसमा यावत कमिकमजोरी हुने र समय अनुसार परिमार्जन गर्दै यसलाई समृद्ध गर्दै लानु पर्ने आवाश्यकता रहेको धारणा राख्दै भने,“यो आम चासो र महत्वाको विषय हो, त्यसैले संविधान संसोधन मुलुकको आवाश्यकता अनुसार सबको सहमतीमा ससोदन भने जुनसुकै बेला हुनसक्छ तर यसलाई हलुकारुपले हेर्नु हुन्न ।”

संविधान संशोधनका लिग नेकपा सचिवालयले कार्यदल नै गठन गरेको परिप्रेक्षमा पार्टी भित्र र बाहिरबाट विरोध भएपछि सो कार्यदल भंग गरिएको थियो । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संशोधन गर्न खोजिएको भन्दै विरोध भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्