केक काटेर जन्मदिन मनाउने हाम्रो संस्कृति हैन : अष्टलक्ष्मी शाक्य

Machchapuchchre

अर्थ राजनीति  ।  हामी नेपालीहरुले विदेशी संस्कृति र परम्परालाई अलि बेशीनै नकल गर्न थालेका छौ । विभिन्न चाडपर्वहरु विदेशीको मनाइ राखेका छौ । जन्मदिनमा केक काट्नु र बत्ति निभाउनु पनि विदेशी परम्परा रहेको अष्टलक्ष्मी शाक्यले बताइन । हाम्रो नेपालि समाजमा जन्मदिनमा केक काट्ने चलन नभएता पनि,  पछिल्लो केहि वर्ष देखि नेपालमा जन्मदिनमा केक काट्ने र बत्ति निभाउने चलन चल्दै आएको छ । जन्मदिनलाई हामी नेपालीहरुले एकदमै सुभ दिनको रुपमा हेर्ने गर्दछौ ।

जन्मदिन केक काटेर र बत्ति निभाएर मनाउनु पर्छ भन्ने छैन । केक भनेको जुन बेला जति बेला काटे पनि हुन्छ । जन्मंदिनमा बत्ति निभाउनु भनेको आफ्नो जीवनलाई अध्यारो तर्फ लानु हो किने भने  बत्ति भनेको उज्यालोको प्रतिक र उज्यालो देखाउने हो । प्रधानमन्त्री केपी ओलिले पनि आफ्नो जन्मदिन केक काटेर मनाउनु भएको छ र केकको आकार नेपालको नक्सा बनाएर काट्नु भएको छ । यसको विरोध सर्बत्र भएको छ । ओलीले आफ्नै मातृभूमिलाई काटेर जन्मदिन मनाएका छन या भनौ आमालाई काटेर टुक्रा टुक्रा पारेर आफ्नो जन्मदिन मनाएका छन । त्यस्लैले जन्मदिनमा केक काट्ने र बत्ति निभाउने  चलन बिस्तारै सुधारदै लानु पर्छ । यस्तो पश्चिमी संस्कृति हटाउनु पर्ने अष्ट लक्ष्मी शाक्यले बताएकी छिन । हामीले हाम्रै संस्कृति र परम्परालाई अघि लिएर अगाडी बढ्नु पर्छ । विदेशी संस्कृति र परम्पराभन्दा नि हामीले आफ्नै परम्परालाई अलि बढी महत्व दिनु जरुरि छ । विदेशी संस्कृति र परम्पराले नेपालिको सोचमा परिवर्तन ल्याउनुको साथै ब्रिकृति पनि भित्रिएको बताउछिन अष्ट लक्ष्मी शाक्य ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्