कोरोना संक्रमित धनगढीका युवाको सम्पर्कमा आएका ९ जना पनि क्वारेन्टाइनमा

धनगढी । नेपालमा कोरोना भाइरस संक्रमित चौथो व्यक्तिको सम्पर्कमा आएका ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार सरकारले धनगढीका ३४ वर्षीय युवालाई कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो । धनगढी उपमहानगरपालिका–५ तारानगर घर भएका ती युवकको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । परिवारका ८ जना सदस्य र उनलाई अस्पताल पु¥याउने […]

काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा

काठमाडौं । काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए । ‘ल्यान्ड गर्दा धावनमार्ग भन्दा अलिकति अगाडि गयो, तर, जहाज रोकिइसकेका कारण कुनै […]

कोरोना नियन्त्रणका लागि टोली पठाउने भारतको प्रस्ताव, के भन्छन परराष्ट्रमन्त्री ज्ञवाली ?

काठमाडौं । भारतले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको छ । भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् । बेनर्जीलाई उदृत गर्दै द हिन्दुले लेखेको छ, ‘कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप भारत र्‍यापिड […]

शनिबार पनि बिहानैदेखि पर्यटकको उद्दार सुरु, कतारबाट दुई विमान आउँदै

काठमाडौं । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका पर्यटकको शनिबार पनि उद्दार हुँदैछ । पर्यटकलाई काठमाडौं ल्याउन नेपाल एयरलाइन्सको ट्वीनअर्टर विमानले सोलुखुम्बुको लुक्लामा शनिबार पाँच उडान गर्दैछ । पर्यटक लिन दुईवटा ट्वीनअर्टर जहाज शनिबार बिहानै लुक्ला पुगिसकेका छन् । पर्यटकको उद्दारका लागि तारा एयरले पनि लुक्लाबाट तीन र समिट एयरले एउटा उडान भर्नेछ । पोखराबाट […]

लकडाउनको पाचौं दिन : आजदेखि न्यूनतम आवागमन खुल्ला

काठमाडौं । लकडाउन गरिएको पाचौं दिन आजदेखि न्यूनतम आवागमन खुल्ला भएका छन् । कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेसँगै आजदेखि अत्यावश्यक सवारीसाधन सहजरुपमा सञ्चालनमा आएका हुन् । नोभल कोरोना (कोभिड–१९) रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर […]

इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु

काठमाडौं । इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ । शुक्रबार एकै दिन मृत्यु भएका मानिसको संख्या कोरोना भाइरसको महामारी फैलिए यताकै सबैभन्दा उच्च हो । ८६ हजार ४९८ जना संक्रमित भएका छन् । यसमध्ये ११ हजार मानिस […]

नेपालमा थप एक व्यक्तिमा भेटियो कोरोना संक्रमण, धनगढीका एक जना संक्रमित

काठमाडौँ । चीनको वुहानबाट सुर भइ विश्वभर तहल्का मच्चाइरहेको प्राणघातक कोरोना नेपालमा थप १क जनामा संक्रमित भएको भेटिएका छन् । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् । प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । […]

सरकारकाे दावी – कोरोना भाइरस स्थानीय रुपमा फैलिएको छैन

काठमाडौं । सरकारले कोरोना संक्रमण अहिलेसम्म स्थानीय स्तरमा नफैलिएको बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले भने, ‘नेपालमा लोकल वा कम्युनिटी ट्रान्समिसन देखिएको छैन । संक्रमितबाट नेपालमै भएको अर्को व्यक्तिमा सरेको पनि छैन ।’ कोरोना संक्रमण देखिएको देशबाट आएकाहरुलाई सुख्खा खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या […]

स्याङ्जामा गोली लागेर प्रहरी हवल्दार रवीन्द्र पौडेलको मृत्यु

पोखरा । स्याङ्जामा गोली लागेर एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । हरिनाश गाउँपालिका २ को चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार ज्यान गएको हो । पोखरा- २६ घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेको उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु भएको मृतकका काका सूर्य पौडेलले जानकारी दिए […]

रोगले बच्ने तर भोकले मर्ने कोही नहाेस सरकार – कांग्रेस

काठमाठाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दैनिक ज्यालादारी गरी हातमुख जोर्दै आएका न्यून आय भएकाहरूलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रोगले बच्ने तर भोकले मर्ने कोही हुन नहुने उल्लेख गर्दै राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘श्रमिक, बेरोगजार र विद्यार्थीलाई तत्काल राहत घोषणा गर्दै प्रदान गरौं,’ शुक्रबार ट्वीट गर्दै शर्माले […]