कांग्रेस नेता एवं स्याङ्जा बमकाण्डका रक्त हस्ताक्षरकर्ता रेग्मीको निधन

स्यांङ्जा । कांग्रेस नेता एवं स्याङ्जा बमकाण्डका रक्त हस्ताक्षरकर्ता सूर्यप्रसाद रेग्मीको आज निधन भएको छ । लामो समयदेखि रक्तचापबाट पीडित रेग्मीको ७८ वर्षका उमेरमा वालिङ २ स्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । वि.सं. २०३१ को स्याङ्जा बमकाण्डका नायक तथा बीपी कोइरालाको प्रवासकालीन अनुयायी र निष्ठावान् लोकतान्त्रिक आन्दोलनका रुपमा स्थापित नेताको […]

बिरामी फर्काउने अस्पताललाई सरकारले दियाे कारबाही गर्ने चेतावनी

काठमाडौं । सरकारले ज्वरो आएका बिरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काइदिने गरेकोमा सरकारले यस्तो पाइए कारबाही गर्ने बताएको हो । ‘के सरकारी, के गैरसरकारी, के सामुदायिक सबै अस्पतालले आफ्नो दायित्व बुझ्नुपर्ने हुन्छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले […]

अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ गतेसम्म यथावत राख्ने निर्णय

काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्मक लागि यथावत राख्ने निर्णय गरको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका […]

कोरोना भाइरसको संत्रमणबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले ल्यायो नयाँ वेबसाइट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनासँग सम्बन्धित सम्पूर्ण जनाकारी दिन नयाँ वेबसाइट तथा माेबाइल एप शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले आइतबारदेखि कोरोनाबारे जाकारी दिन covid19.mohp.gov.np नामक वेबसाइट शुरु गरको हो । सोही वेबसाइटमा गएर मोबाइल एपसमेत डाउनलोड गर्न सकिने छ । मन्त्रालयले बनाएको नयाँ वेबसाइटमा कोरोना संक्रमितको उपचार हुने अस्पतालको विवरण, उपलब्ध भएका […]

उच्च मनोबलका साथ कार्य गर्न स्वास्थ्यकर्मीहरूलाई कांग्रेस महामन्त्री कोइरालाकाे अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य गर्न अपिल गरेका छन् । सरकार र स्वास्थ्यकर्मीका नाममा एक चिकित्साकर्मीका नाताले आज एक अपिल जारी गर्दै उनले कुनै पनि स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहने उल्लेख गरेका छन् । […]

काठमाडौं बाहिर पहिलोपटक कोरोना भाइरस परीक्षण धरानमा शुरु

काठमाडौं । काठमाडौं बाहिर पहिलो पटक आइतबारदेखि कोरोना भाइरस भाइरस (कोभिड–१९) को परीक्षण शुरु भएको छ । यसअघि टेकु स्थित राष्ट्रिय प्रयोगशालामा मात्र कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्था रहेको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोभिड–१९ को परीक्षण शुरु भएको हो । प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका प्रमुख प्रा.डा.संजिवकुमार शर्माका अनुसार एक लटमा […]

देशका विभिन्न भागमा फसेका कुल ९६४ पर्यटकको उद्दार

काठमाडौं । लकडाउनका कारण देशका विभिन्न स्थानमा फसेका ९६४ पर्यटकको उद्दार भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार शुक्रवार र शनिबार गरि ती पर्यटकलाइ देशका विभिन्न स्थानबाट काठमाडौं ल्याइएको हो । त्यसमध्ये शुक्रबार र शनिबार कतार एयरवेजमार्फत करिब ९ सय पर्यटकलाई सम्बन्धित मुलुकतर्फ पठाइसकिएको छ । बोर्डको तथ्यांकअनुसार क्राइसिस रेस्पोन्स युनिटको नेतृत्वमा पोखराबाट ४८०, लुक्लाबाट […]

कोरोनाबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमान्डाै । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन्। यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ। शनिबार इटालीमा थप पाँच हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। […]

साल्ट ट्रेडिङकाे दावी : खाद्यान्न अभाव छैन, आत्तिनु पर्दैन

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम कम गराउन सरकारले देशव्यापी रूपमा लकडाउन गरेको पाँचौं दिन कटिसकेको छ । बजारमा खाद्यन्नका सामग्री बेच्ने पसलहरू फाटफुट खुलेका छन् । सरकारले अत्यावश्यक वस्तु बिक्रिवितरण गर्न रोक लगाएको छैन, तैपनि खाद्यन्न र तरकारी लगायतका वस्तु बेच्ने धेरै पसल बन्द छन् । व्यापारीहरूमा कोरोना भाइरस संक्रमणको त्रासका कारण पसलहरू […]

बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि

काठमाडौं । चीनबाट फैलिएकाे काेराेनाकाे कहले यतिबेला विश्व आक्रान्त बनेकाे छ । यसकाे कहल नेपालमा समेत पुगेकाे छ । यसैबच् बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १७ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये […]