देशका विभिन्न भागमा फसेका कुल ९६४ पर्यटकको उद्दार

Machchapuchchre

काठमाडौं । लकडाउनका कारण देशका विभिन्न स्थानमा फसेका ९६४ पर्यटकको उद्दार भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार शुक्रवार र शनिबार गरि ती पर्यटकलाइ देशका विभिन्न स्थानबाट काठमाडौं ल्याइएको हो ।

त्यसमध्ये शुक्रबार र शनिबार कतार एयरवेजमार्फत करिब ९ सय पर्यटकलाई सम्बन्धित मुलुकतर्फ पठाइसकिएको छ । बोर्डको तथ्यांकअनुसार क्राइसिस रेस्पोन्स युनिटको नेतृत्वमा पोखराबाट ४८०, लुक्लाबाट २०५ जनाको उद्दर गरिएको छ ।

जोमसोमबाट १७७, अन्नपूर्ण आधार शिविरबाट ६०, मनास्लु सर्किटबाट २६ जनालाई उद्दार गरिएको हो । यसैगरी गोरखाबाट ५ जना, कान्देबाट ४ जना, ताप्लेजुङबाट ३ जना र बेनिबाट १ जनाको उद्दार गरिएको छ । पर्यटकको उद्दारपछि लागि उनिहरुसँगै गएका गाइड, भरिया तथा अन्य सहयोगीको भने आइतबार बिहानैबाट उद्दार शुरु गरिएको छ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्