कर्जा र व्याजमा सहुलियत दिने राष्ट्र बैंकको तयारी

Machchapuchchre

काठमाडौं । राष्ट्र बैंकले कोरोना भाइरसको प्रभावमा परेका उद्यमी व्यवसायीहरूको कर्जासँगै ब्याजको मूल्यांकन गरेर सहुलियत सुविधा तयारी भइरहेको जनाएको छ ।

उद्यमी व्यवसायीहरुले कारोनाका कारण उद्यम व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेपछि उनीहरूले नेपाल सरकारसँग सहुलियत दिन आग्रह गर्दै आएका छन् ।

सरकार तथा राष्ट्र बैंकसँग उद्यमी व्यवसायीले कर्जा र ब्याजमा सहुलियत दिन आग्रह गरेका छन् । यो विषयमा राष्ट्र बैंकमा छलफल गरेर टुंगो लगाउने राष्ट्र बैंकका कायममुकाय गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

अर्थ मन्त्रालयले बुधबारदेखि बैंक तथा वित्तीय संस्था र गैर बैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको छ । अर्थमन्त्रालयको निर्देशन अनुसार अध्ययन गर्न नै पाएका छैन ।

अध्ययन गरेर मूल्यांकन गरी सकिएपछि सहुलियतका विषयमा निर्णय गर्ने बैंकका कायममुकाय गभर्नर शिवाकोटीले जानकारी दिए । बैंकले सम्बन्धित विभागलाई अध्ययन गर्न निर्देशन दिएको छ । सहुलियत दिँदा उद्यमी व्यवसायीलाई कसरी मर्का पर्दैन त्यहीअनुसार प्रक्रिया अघि बढ्न उनको भनाइ छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाको नेतृत्वमा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिकोे बैठकले संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकाले कोरोना संक्रमणका कारण प्रभावित सबै बैंक वित्तीय संस्थाहरुले कोरोना प्रभावित व्यवसायीहरुको कर्जाको सावा ब्याज असुलीसम्बन्धी कार्य चैत मसान्तसम्म स्थगत गर्ने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्