अति विपन्न व्यक्तिलाई आफैं सम्पर्क गरेर राहत देऊ – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने व्यक्तिलाई राहत उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले अहिले लकडाउनको समयमा यस्ता व्यक्तिहरु राहत लिन आफैं सम्पर्क राख्न आउनुभन्दा राज्यको संयन्त्रबाटै त्यस्ता व्यक्तिको पहिचान गरी राहत उपलब्ध गराउन आदेश दिएको हो । विपन्न र ज्याला मजदुरी […]

वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र अर्का ५० वर्षीय पुरुष रहेका बताइएको छ । आइतबार भर्ना भएकी महिलाको सघन उपचार कक्ष (आईसीयू)मा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार […]

स्वास्थ्य उपकरण तत्कालै प्रदेश र जिल्लामा पुर्‍याउन कांग्रेसको आग्रह

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण तथा उपाचारका लागि चीनबाट ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु अविलम्ब सबै प्रदेश र जिल्लामा पुर्‍याउन आग्रह गरेको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरि देशभरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणको यथाशिघ्र व्यवस्था गर्न आग्रह […]

ट्वीटर मार्फत देउवाले साेधे – आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमापारि रोकिएका नेपालीलाई स्वदेश आउन दिनुपर्नेबताएका छन् । दार्चुला सदरमुकाम पारी रहेका नेपालीहरूलाई प्रक्रिया पुर्याएर नेपाल आउनदिनुपर्ने माग देउवाले राखेका छन् । सोमवार सामाजिक सञ्जाल ट्वीटर मार्फत देउवाले आफ्नै देशमा आउन पनि नारा जुलुश किन गर्नुपरेको हो भनेर प्रश्न गरेका छन् । उनले नेपालीहरूले नाराजुलुश […]

नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान चार्टर्ड फ्लाइट आउँदै

काठमाडौं । आफ्ना नागरिकलाई लैजान अमेरिकाले जहाज नेपाल पठाउने भएको छ । अमेरिकी सरकारले मंगलबार कतार एयरवेजको जहाज चार्टर्ड गर्ने भएको हो । अमेरिकी दूतावासका अनुसार उक्त जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्नेछ । विभिन्न भागमा रहेका अमेरिकी नागरिकलाई आज सोमबार काठमाडौं ल्याइदैछ । कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी रुपमा फैलिएपछि नेपालले १ […]

मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु

काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका आफन्त महेश कुशवाहले बताए । कोरोना संक्रमितमा देखिनेजस्तै लक्षण देखिएको भन्दै पर्साको नेशनल मेडिकल […]

बैतडीको क्वारेन्टाईनमै कुटिए वडाअध्यक्ष ऐर, कसले किन कुट्याे ?

बैतडी । मदिरा सेवन गरि बैतडीको पुर्चौडी नगरपालिकाका एक वडाअध्यक्षमाथि आइतवार कुटपिट भएको छ। पुर्चौडी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर ऐरमाथि कुटपिट हो। वडाअध्यक्ष ऐरलाई सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले कुटपिट गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले बताए। उक्त वडाको गलिनाथ मावि बडगाउमा स्थापना गरिएको क्वारेन्टाइनमा मदिरा […]

बाँकेमा कतारबाट फर्किएका तीन जनाको रिपोर्ट नेगेटिभ

बाँके । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए । यसअघि पहिलो चरणमा सात जनाको नमूना जाँच […]

सरकारकाे राहत प्याकेज – विद्युत महसुलदेखि घरभाडा र विद्यालय शुल्कसम्म छुटैछुट

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुटसम्मको राहत प्याकेज ल्याएको हो । सरकारको यो निर्णयसँगै मासिक एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकले विद्युत महसुलमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । विद्युत, खानेपानी, टेलिफोन शुल्क फाल्गुन र चैत […]

विश्व बजारमा अभाव रहेका कारण खरिद गरिएकाे सामान केही महँगो पर्याे : महानिर्देशक श्रेष्ठ

काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले विश्व बजारमा सामान अभाव रहेका कारण खरिद गरिएका सामान केही महँगो परेको बताएका छन् । स्वास्थ्य मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक श्रेष्ठले टेण्डर खोलेर सामान खरिदको प्रयास गरेपनि कसैले टेण्डर नहालेपछि अन्तिममा सहमतिका आधारमा सामान खरिद गरिएको स्पष्ट पारेका छन् । उनले सरकारले रहरले नभइ बाध्यतामा […]