बैतडीको क्वारेन्टाईनमै कुटिए वडाअध्यक्ष ऐर, कसले किन कुट्याे ?

Machchapuchchre

बैतडी । मदिरा सेवन गरि बैतडीको पुर्चौडी नगरपालिकाका एक वडाअध्यक्षमाथि आइतवार कुटपिट भएको छ। पुर्चौडी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर ऐरमाथि कुटपिट हो। वडाअध्यक्ष ऐरलाई सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले कुटपिट गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले बताए।

उक्त वडाको गलिनाथ मावि बडगाउमा स्थापना गरिएको क्वारेन्टाइनमा मदिरा सेवन गरि होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा वडाअध्यक्ष ऐर कुटिएका हुन्। कुटपिट गर्ने बडुलाई नियन्त्रणमा लिईएको छ उनले भने ‘मदिरा सेवन गरेर कुटपिट गरेको भन्ने खुल्न आएको छ’ वडाअध्यक्षलाई कुुटपिट गर्ने बडुलाई कानुन बमोजिम कार्बाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

वडाअध्यक्षको अवस्था सामान्य रहेको छ। यसअघि चैत १२ गते पुर्चौँडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी पनि क्वारेन्टाइनमै कुटिएका थिए। अहेब धामीलाई स्थानीय नरेन्द्र जागरीले राती साढे १० बजे कुटपिट गरेका थिए। जागरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्