विश्व बजारमा अभाव रहेका कारण खरिद गरिएकाे सामान केही महँगो पर्याे : महानिर्देशक श्रेष्ठ

Machchapuchchre

काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले विश्व बजारमा सामान अभाव रहेका कारण खरिद गरिएका सामान केही महँगो परेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक श्रेष्ठले टेण्डर खोलेर सामान खरिदको प्रयास गरेपनि कसैले टेण्डर नहालेपछि अन्तिममा सहमतिका आधारमा सामान खरिद गरिएको स्पष्ट पारेका छन् ।

उनले सरकारले रहरले नभइ बाध्यतामा परेकोले महँगोमै भएपनि सामान किन्ने निर्णय गर्नुपरेको बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘विश्व बजारमै सामान छैन। औषधि त औषधि हो। जसरी पनि चाहिन्छ। केही महँगो पर्‍यो होला ।’

उनले स्वास्थ्य सेवा विभागले खरिद गरेको र खरिद गर्ने सम्पूर्ण सामाग्रीहरुको विवरण वेबसाइटमा राखिने पनि जानकारी दिए। उनले पहिलो लटमा खरिद गरिएका सामान र चीन सरकार तथा अन्य दाताबाट सहयोग प्राप्त सामान आइपुगेको जानकारी दिएका छन् ।

चीनबाट खरिद गरी आज ल्याइएको कोरोना कीट लगायत स्वास्थ्य सामग्रीको खरिदमा अनियमितता भएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना गरिएको भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्