कोरोना संक्रमित वाग्लुङकी युवतीलाई गाडीमा घरसम्म पुर्‍याउने चालकको पहिचान

पोखरा । बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्‍याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । उनलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम […]

बेलायत सरकारले पनि आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लैजाने

काठमाडौं । बेलायत सरकारले नेपालमा रहेका बेलायती नागरिकलाई फिर्ता लैजाने भएको छ । यसका लागि वायुसेवा कम्पनीसँग कुरा भइरहेको नेपालका लागि बेलायती राजदूत निकोला पोलितले जानकारी दिइन् । संसारभर रहेका लाखौं बेलायती नागरिकलाई उनीहरुको घरसम्म पुर्‍याउने दायित्व सरकारले पूरा गर्ने भन्दै उनले नेपालबाट पनि उपयुक्त समयमा आफ्नो नागरिकलाई घर फिर्ता लैजाने बताइन् । बेलायतले निःशुल्क […]

पाटन अस्पतालमा मृत्यु भएका विरामीमा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं । लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका कोरोना आशंका गरिएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको हो । तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । उनको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक विष्णु […]

लकाडाउनका कारण बाटोमा अलपत्र परेकालाई सहयोग गर्न तरुण दलको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले ‘लकडाउन’का कारण आफ्नो गन्तव्यसम्म पुग्न नपाई बीच बाटोमा अलपत्र परेका व्यक्तिलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्न आफ्ना जिल्ला समितिहरुलाई परिपत्र गरेको छ । तरुण दलले आज एक परिपत्रमार्फत लकडाउनका कारण सीमानाकामा अलपत्र नेपालीलाई तोकिएको समय क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण […]

लकडाउन उल्लंघन गरेको भन्दै युवामाथि निर्घात कुटपिट सशस्त्र प्रहरी हवल्दार निलम्वनमा

काठमाडौं । नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार […]

धार्चुलामा अलपत्र ५ सय भन्दा बढी नेपाली सिमा पारी नै क्वारेन्टाइनमा

काठमाडौं । नेपाल र भारतको सीमावर्ती क्षेत्र दार्चुलामा अलपत्र परेका ५ सय ६३ जना नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार उनीहरुलाई खानपिनको व्यवस्थासहित भारत सरकारले नै १४ दिनसम्म धार्चुलामै क्वारेन्टाइनमा राखेपछि त्यहाँ रहेका नेपालीहरु अरु १४ दिन नेपाल आउन पाउने छैनन् । भारतको पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका ५ […]

एकाबिहानै लकडाउन उल्लंघन गर्ने ६ सय २५ जना पक्राउ

काठमाडौं । विश्वभर कोरोना फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज आठौं दिन । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ । आज बिहान सात बजेसम्मको समयमा लकडाउन उल्लंघन गर्न ६ सय २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये ५ सय ४७ पुरुष र ७८ महिला […]

क्वारेन्टाइन व्यवस्थित गर्न राजापाद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको माग

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलिय संयन्त्र निर्माण गर्न सरकारसँग माग गरेका छन् । भण्डारीले आज प्रेस विज्ञप्ति जारी गर्दै केन्द्र, प्रदेश र स्थानीय तहमा त्यस्तो संयन्त्र चाहिने, जसमा राजनीतिक दल, विशेषज्ञ, स्वास्थ्यकमी, पत्रकार महासंघ,उद्योग बाणिज्य महासंघ, नागरिक समाज र सामाजिक संघसंस्थालाई समेत सहभागि […]

कोरोना भाइरसको जोखिम बढेपछि १० दिनमा १ सय ७९ कैदी रिहा

काठमाडौं । कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले १ सय ७९ जना कैदीलाई रिहा गरेको छ । सर्बोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १ सय ७९ कैदी कारागार मुक्त भएका हुन् । सर्बोच्च अदालतले यही चैत्र ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । सो आदेश लगत्तै एक बर्ष […]

हरेक मृत्युलाई कोरोनासँग नजाेड्न स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्न आग्रह गरेको छ । गाउँघरमा कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको छ । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘जो मर्‍यो, त्यो कोरोनाले मर्‍यो […]