बेलायत सरकारले पनि आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लैजाने

Machchapuchchre

काठमाडौं । बेलायत सरकारले नेपालमा रहेका बेलायती नागरिकलाई फिर्ता लैजाने भएको छ । यसका लागि वायुसेवा कम्पनीसँग कुरा भइरहेको नेपालका लागि बेलायती राजदूत निकोला पोलितले जानकारी दिइन् ।

संसारभर रहेका लाखौं बेलायती नागरिकलाई उनीहरुको घरसम्म पुर्‍याउने दायित्व सरकारले पूरा गर्ने भन्दै उनले नेपालबाट पनि उपयुक्त समयमा आफ्नो नागरिकलाई घर फिर्ता लैजाने बताइन् ।

बेलायतले निःशुल्क भने आफ्ना नागरिकलाई घर लैजाने छैन । यात्रु स्वयंले टिकट काट्ने गरी उडानको व्यवस्थापन भइरहेको उनको भनाइ छ । काठमाडौं बाहिर रहेका बेलायतीलाई काठमाडौंमा सुरक्षित राख्ने व्यवस्था भएको र आफूले नेपाल सरकार तथा बेलायत सरकारसँग नजिकमा रहेर काम गरिरहेको उनले उल्लेख गरेकी छिन् ।

यद्यपि बेलायतले कहिले आफ्नो नागरिकलाई लैजाँदैछ भन्ने बारेमा भने उनले स्पष्ट पारिनन् । पछिल्लो समय लकडाउन अवधि लम्बिएसँगै विभिन्न मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्