पाटन अस्पतालमा मृत्यु भएका विरामीमा कोरोना संक्रमण नभएको पुष्टि

Machchapuchchre

काठमाडौं । लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका कोरोना आशंका गरिएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको हो ।

तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । उनको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्