कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ हजार पुग्यो, विश्वभर साढे ७ लाख बढी संक्रमित

Machchapuchchre

काठमाडौं । कोरोना भाइरसको कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३८ हजार नजिक पुगेको छ ।

कोरोनाबारे निरन्तर अपडेट भइरहने वल्र्डोमिटरका अनुसार ७ लाख ८५ हजार बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विश्व ३ हजार ७ सय १८ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, युरोपेली देश स्पेनमा एकैदिनमा ९१३ जनाको मृत्यु भएको छ भने इटालीमा ८१२ जनाको मृत्यु भएको छ । चीनपछि युरोप इपिसेन्टर बनाएको कोरोनाले प्राय सबै देशमा संक्रमण र मृत्युको संख्या तिव्र मात्रामा बढिरहेको छ ।

अमेरिकामा १ लाख ६३ हजार संक्रमित रहेका छन् भने ३ हजार १ सय ५६ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्