कोरोना संक्रमित वाग्लुङकी युवतीलाई गाडीमा घरसम्म पुर्‍याउने चालकको पहिचान

Machchapuchchre

पोखरा । बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्‍याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ ।

पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । उनलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन् ।

युवतीलाई गत शनिबार कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि पोखराबाट बागलुङ घरसम्म पुग्न गाडी रिजर्भ गरेको खुल्न आएपछि सो गाडीका चालकको खोजी शुरु भएको थियो । संक्रमित युवतीलाई गाडीमा घरसम्म पुर्‍याउने चालक आइतबार स्थानीय जनप्रतिनिधिको सम्पर्कमा आएका हुन् ।

सोही दिन परीक्षणका लागि पोखरा आएका उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिएकाले सामान्य तापक्रम जाँच गरेर घरमा पठाइएको थियो । फाइल तस्विर : गुगल

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्