एकाबिहानै लकडाउन उल्लंघन गर्ने ६ सय २५ जना पक्राउ

Machchapuchchre

काठमाडौं । विश्वभर कोरोना फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज आठौं दिन । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ ।

आज बिहान सात बजेसम्मको समयमा लकडाउन उल्लंघन गर्न ६ सय २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये ५ सय ४७ पुरुष र ७८ महिला छन् ।

त्यस्तै प्रहरीले ६८ सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ । लकडाउनको प्रभावले मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल देखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्