क्वारेन्टाइन व्यवस्थित गर्न राजापाद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको माग

Machchapuchchre

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन उच्चस्तरीय सर्वदलिय संयन्त्र निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

भण्डारीले आज प्रेस विज्ञप्ति जारी गर्दै केन्द्र, प्रदेश र स्थानीय तहमा त्यस्तो संयन्त्र चाहिने, जसमा राजनीतिक दल, विशेषज्ञ, स्वास्थ्यकमी, पत्रकार महासंघ,उद्योग बाणिज्य महासंघ, नागरिक समाज र सामाजिक संघसंस्थालाई समेत सहभागि गराईनु पर्ने उल्लेख गरेका छन् ।

उनले संक्रमण रोकथामका लागि खुला सिमाना र विदेशबाट नेपाल आएका र आउनेनेपालीहरुको वडास्तरमै यकिन गरी क्यारेन्टाइनमा राखिनुपर्ने माग गरेका छन् ।क्वारेनटाइन नियमित स्यानिटाईज्ड गरिनुपर्ने, त्यसका लगि आवश्यक सामाग्री सरकारले उपलव्ध गराउनु पर्ने, उपभोग्य सामाग्री वडास्तरमै उपलव्ध गराउनुपर्ने,विपन्न, दलित, दैनिक ज्यालादारी गरी गुजारा गर्नेहरुलाई राहतको व्यवस्थागर्नुपर्ने, ६० बर्ष उमेरका सामान्य कसुरमा सजय भोगिरहेकालाई प्रकृया पुर्‍याएर छाड्नुपर्ने माग पनि राजपा संयोजक भण्डारीले गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्