नेपालमा रहेका अमेरिकी नागकिरलाई फिर्ता लैजान चार्टर्ड फ्लाइट आउँदै

Machchapuchchre

काठमाडौं । आफ्ना नागरिकलाई लैजान अमेरिकाले जहाज नेपाल पठाउने भएको छ । अमेरिकी सरकारले मंगलबार कतार एयरवेजको जहाज चार्टर्ड गर्ने भएको हो । अमेरिकी दूतावासका अनुसार उक्त जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्नेछ । विभिन्न भागमा रहेका अमेरिकी नागरिकलाई आज सोमबार काठमाडौं ल्याइदैछ ।

कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी रुपमा फैलिएपछि नेपालले १ हप्ता अघि देश लकडाउन गरेको थियो । जससँगै विभिन्न मुलुकका पर्यटकहरु नेपाल विभिन्न क्षेत्रमानै बसेका थिए । अमेरिकाले आफ्ना नागरिकलाई फिर्ता लैजाने जानकारी गराएसँगै नेपाल पर्यटन बोर्डले अमेरिकी नागरिकलाई काठमाडौं ल्याउन सहजीकरण गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्