काठमाडौं बाहिर पहिलोपटक कोरोना भाइरस परीक्षण धरानमा शुरु

Machchapuchchre

काठमाडौं । काठमाडौं बाहिर पहिलो पटक आइतबारदेखि कोरोना भाइरस भाइरस (कोभिड–१९) को परीक्षण शुरु भएको छ । यसअघि टेकु स्थित राष्ट्रिय प्रयोगशालामा मात्र कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्था रहेको थियो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोभिड–१९ को परीक्षण शुरु भएको हो । प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका प्रमुख प्रा.डा.संजिवकुमार शर्माका अनुसार एक लटमा १२ जनाको थ्रोट स्वाब (घाँटीको र्‍यालको नमुना) परीक्षण गर्न सकिने छ । कोरोना भाइरसको सक्रमणको आशंका भएमा थ्रोट स्वाब परीक्षण गरिन्छ ।

स्वास्थ्य मन्त्रालयको अनुसार हाल सम्म मुलुकमा कोरोनाको लागि ८७५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्