सरकारकाे दावी – कोरोना भाइरस स्थानीय रुपमा फैलिएको छैन

Machchapuchchre

काठमाडौं । सरकारले कोरोना संक्रमण अहिलेसम्म स्थानीय स्तरमा नफैलिएको बताएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले भने, ‘नेपालमा लोकल वा कम्युनिटी ट्रान्समिसन देखिएको छैन । संक्रमितबाट नेपालमै भएको अर्को व्यक्तिमा सरेको पनि छैन ।’

कोरोना संक्रमण देखिएको देशबाट आएकाहरुलाई सुख्खा खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भए कोभिड–१९ भयो कि भनेर हेनुपर्ने भन्दै उनले दुबै संक्रमितको संसर्गमा आएका सबैको कन्ट्र्याक ट्रेसिङ भइसकेको बताए ।

‘कोरोना संक्रमण देखिएको देशबाट आएकाहरुलाई सुख्खा खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भए कोभिड–१९ भयो कि भनेर हेनुपर्छ’ उनले भने । डा. कार्कीका अनुसार दुबै संक्रमितको संसर्गमा आएका सबैको कन्ट्र्याक ट्रेसिङ भइसकेको छ । ‘उहाँहरुसँग हाम्रो नियमित सम्पर्क भइरहेको छ र कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छैन’ सल्लाहकार डा. कार्कीले भने ।

कोभिड–१९ को शंकास्पद बिरामीहरुलाई आइसोलेनल र जाँच गर्नुका साथै संक्रमण भएको पुष्टि भए उपचार गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल छुट्याइएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पहिलो केस ९ माघमा भेटिएकाे थियाे । चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिए पनि उपचारपछि उनी निको भएका थिए । विदेशबाट आएपछि उनको संसर्गमा आएकाहरुमा संक्रमण सरेको पाइएन ।

त्यस्तै, १० चैत र १२ चैतमा दुई जनामा संक्रमण भेटिएकाे छ । फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा नेपाल आएकी १९ वर्षीया किशोरीमा संक्रमण भेटिएकाे हाे । यस्तै यूएईबाट एयर अरेबियाको विमानबाट ६ चैतमा नेपाल आएका धादिङका ३२ वर्षीय युवकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्