रोगले बच्ने तर भोकले मर्ने कोही नहाेस सरकार – कांग्रेस

Machchapuchchre

काठमाठाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दैनिक ज्यालादारी गरी हातमुख जोर्दै आएका न्यून आय भएकाहरूलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रोगले बच्ने तर भोकले मर्ने कोही हुन नहुने उल्लेख गर्दै राहत दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘श्रमिक, बेरोगजार र विद्यार्थीलाई तत्काल राहत घोषणा गर्दै प्रदान गरौं,’ शुक्रबार ट्वीट गर्दै शर्माले भनेका छन्, ‘रोगले बच्ने तर भोकले मर्ने कोही नहुन् सरकार।’

शर्माले लकडाउनका बेला बाहिर जिम्मेवारीले निस्केकालाई सघाउनुपर्ने बताएका छन्। हेलचक्राइँले घरबाहिर निस्कनेलाई सम्झाउनुपर्ने बताएका शर्माले बहादुरीले घरबाहिर निस्कनेलाई भने कडाइ गर्नुपर्ने उल्लेख गरेका हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्