बेलायतले गरीब देशलाई १० करोड डोज कोरोना विरुद्धको खोप दिने

अर्थ राजनीति  ~  बेलायतले दश करोड डोज कोरोना विरुद्धको खोप गरिब देशहरुलाई उपलब्ध गराउने घोषणा गरेको छ । धनी देशहरूको समूह ‘जी–सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका हुन् । स्काइ न्यूजका अनुसार यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने प्रधानमन्त्री जोनसनको भनाइ छ । […]

सञ्चालक संघद्वारा आन्तरिक हवाई सेवा खोल्न माग

अर्थ राजनीति  ~  वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक हवाई सेवा खुल्ला गर्न माग गरेको छ । पछिल्लो समय कोरोना संंक्रमण दर ओरालो लागेकाले स्वास्थ्य सुरक्षा अपनाउँदै हवाई सेवा खुल्ला गर्ने संघले माग गरेको हो । संघले नवनयिुक्त संस्कृति, पर्यटन तथा नागरकि उड्डयनमन्त्री उमाशंकर अरगरियालाई भेटेर आन्तरिक हवाई खोल्न माग गरेको हो । अन्तर्राष्ट्रिय […]

मेलाम्चीको सुरुङ खाली गरियो

अर्थ  राजनीति  ~   मेलाम्चीको सुरुङ असार १ गतेबाट खाली गरी निरीक्षण गर्ने र पुनः भरण गर्ने कार्यहरु सुरु गर्न लागेको छ । यो निरीक्षण अवधि करिब २ महिनाको हुने र सुरुङ खाली गर्न १६ दिन लाग्ने आयोजनाले जनाएको छ । बाँकी समय सुरुङ निरीक्षण, परीक्षण र सुधार कार्य गर्न र पुनः पानी भर्न लाग्ने र […]

राप्रपामा नयाँ ट्वीस्ट : पार्टी अध्यक्षमा धवल शमशेरको दाबी

अर्थ राजनीति   ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अन्तरविरोधमा नयाँ ‘ट्वीस्ट’ आएको छ । अब कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनै अध्यक्षबाट पार्टी चल्न नसक्ने भन्दै दोस्रो पुस्ताका नेताहरुले डा. धवल समशेर राणालाई अध्यक्षका रुपमा अगाडि सारेका छन् । राणाले पनि आफू नेतृत्वका लागि तयार भैसकेको बताएका छन् । नेतृत्वमा रहेका […]

सभामुखले बोलाए सर्वदलीय बैठक

अर्थ राजनीति  ~  आज सभामुख अग्‍निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा पूर्वप्रधानमन्त्री र संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखसँग सभामुख सापकोटाले छलफल बोलाएका हुन् । बैठकमा […]

सभापति देउवा भन्छन् : कांग्रेसको महाधिवेशन भदौ मै हुन्छ

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका छन् । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । उनले बुधबार वक्तव्यमार्फत कोभिड–१९ को […]

मन्त्रिपरिषद् पुनः विस्तार सात नयाँ मन्त्री, शपथ आजै

अर्थ राजनीति  ~  कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सात जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउन लागेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ । मन्त्री हुनेहरूमा खगराज अधिकारी, मोहन बानियाँ, नैनकला थापा, ज्वालाकुमारी शाह, गणेश […]

कोरोनाको दोस्रो लहर पहिलो भन्दा बढी आक्रामक र घातक

अर्थ राजनीति  ~  कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी […]

लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही : प्रमुख जिल्ला अधिकारी

अर्थ राजनीति  ~  लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारवाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही गर्ने जनाएको हो । यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोप लक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको […]

विदेशी लगानी भित्र्याउन राष्ट्र बैङ्कको स्वीकृति नचाहिने बारे आशंका

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैङ्कले मंगलबार एउटा विनियमावली जारी गर्यो जुन प्रत्यक्ष वैदेशिक लगानीसँग सम्बन्धित थियो । सो विनियमावलीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नेपाल राष्ट्र बैङ्कको स्वीकृति  नभएपनि हुने व्यवस्था गरेको छ । तर केन्द्रिय बैङ्कको यो नीति प्रति दुई थरीका धारणाहरु बाहिर आउन थालेका छन् । कतिपयले स्वीकृति बिना ल्याइने लगानीले कालोधन त […]