बेलायतले गरीब देशलाई १० करोड डोज कोरोना विरुद्धको खोप दिने

Machchapuchchre

अर्थ राजनीति  ~  बेलायतले दश करोड डोज कोरोना विरुद्धको खोप गरिब देशहरुलाई उपलब्ध गराउने घोषणा गरेको छ । धनी देशहरूको समूह ‘जी–सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका हुन् । स्काइ न्यूजका अनुसार यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने प्रधानमन्त्री जोनसनको भनाइ छ । बाँकी खोप अर्को वर्षभित्रमा वितरण गरिने जोनसनले बताएका छन् । यसअघि अमेरिकाले पनि न्यून र मध्यम आय भएका देशहरुलाई ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

facebook sharing button

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्