ओलीमाथि माधव नेपालको एकताका लागि दबाब

अर्थ राजनीति  ~  एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ। नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ। ओलीलाई दबाब दिने रणनीतिस्वरूप नेपाल पक्षले प्रदेश १ र वाग्मती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम […]

पूर्वप्रधानमन्त्रीहरूको निष्कर्ष : बाह्य शक्तिको खतरा बढ्यो

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते मन्त्रिपरिषद् विस्तार गरेपछि विपक्षी गठबन्धनका दलहरू ओलीको निर्णयको विरोध गर्दै  वक्तव्य निकाल्ने तयारी थियो तर नेताहरू रोकिए । भोलिपल्ट सभामुख अग्नि सापकोटाले पूर्वप्रधानमन्त्रीहरूसँग पछिल्लो राजनीतिक उछलकुदबारे छलफल गरे । छलफलमा पूर्वप्रधानमन्त्रीहरूले ओलीको पछिल्लो शैलीविरुद्ध वक्तव्य निकाल्ने सहमति भयो । बाह्य हस्तक्षेप, विशेषगरी छिमेकी भारतको सहायतामा ओलीले सत्ता लम्ब्याइरहेको […]

लुम्बिनी प्रदेशसभा : सरकार वार्षिक नीति तथा कार्यक्रमको तयारीमा

अर्थ राजनीति  ~  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार आफ्नो स्थायित्वका लागि संघर्षरत छ भने विपक्षी दलहरु सरकारसँग बहुमत नरहेको जिकिर गर्दै आएका छन् । यही सेरोफेरोमा प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम अर्थात् बजेट पारित गर्न सक्छ कि सक्दैन भनेर धेरैको चासो बढेको छ । सर्वोच्च अदालतले जसपाका चार सांसदमाथिको कारवाहीलाई तत्कालका लागि […]

कांग्रेस : केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने भएको छ । शनिबार एक विज्ञप्ति जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने जानकारी दिइएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा पार्टीको आसन्न १४ औँ […]

” अख्तियारको काम निष्पक्ष भएन ” : सर्वोच्च अदालत

सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ । पदाधिकारी तथा कर्मचारी नियुक्ति र उनीहरूको खटन पटनको प्रक्रिया लगायतका कार्यबाट आयोग निष्पक्ष नभएको ठहर हुने इजलासले स्पष्ट गरेको हो । इजलासले योग्यता पुगेको व्यक्तिलाई आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएको, आयोगका पदाधिकारी र कर्मचारी उपर नै […]

सर्वशक्तिमान र चक्रवर्ती हुने केपीको सपनामा सर्वोच्चको लगाम

अर्थ राजनीति  ~  आफूलाई सर्वशक्तिमान र चक्रवर्ती भएको आत्मरतिमा रमाइरहनुभएका प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावादी उडानलाई एकै दिन विभिन्न कोणबाट धक्का लागेको छ । २७ जेठ २०७८ मा सर्वोच्च अदालतको फैसला र अन्तरिम आदेशहरूले नेपालको राजनीतिको दिशा परिवर्तन हुने सम्भावनाहरू देखाएको छ ।पार्टी कब्जा गर्ने उद्देश्यले २८ फागुन २०७७ र त्यसयता गरेका सबै निर्णयहरूको वैधता समाप्त […]

गण्डकी प्रदेशमा जब संसद् विघटनको प्रयास भयो

अर्थ राजनीति  ~  नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी गर्न दिइएको समय सकिनुभन्दा आधा घण्टाअघि राष्ट्रिय जनमोर्चाका कृष्ण थापा शनिबार गण्डकी प्रदेश प्रमुखको निवास प्रवेश गरे । जनमोर्चा संसदीय दलको नेता परिवर्तन नभएको पत्र उनले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई थमाए । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा ३१ सांसद उपस्थित भएर शुक्रबार मुख्यमन्त्री दाबी गरेका विपक्षीलाई […]

उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञाबारे निर्णय

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) को बैठक आज बस्दैछ । दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ । काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्न तयारी भइरहको स्रोतले जनाएको छ । अबको निषेधाज्ञामा विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ […]

वरिष्ठ अधिवक्ता त्रिपाठी – राष्ट्रपतिले ओलीलाई महाराजाधिराज घोषित गर्ने खतरा बढ्यो

अर्थ राजनीति  ~  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठले प्रधानमन्त्री केपी शर्मा ओली पुनः मन्त्रिपरिषद् विस्तार गरेर संविधानमाथि घात गरेको बताएका छन् । संसद् भंग गरिसकेपछि प्रधानमन्त्रीले सरकारका दैनिक प्रशासन चलाउनेबाहेकका अरू कुनै म्यान्डेट नपाउने उनको तर्क छ । उनले राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा ‘नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा’ मन्त्रिपरिषद् विस्तार गरिएको छ भनी कुनै धारासमेत उल्लेख नहुनुले […]

७७ जिल्लामा गृहको परिपत्र: आर्थिक गतिविधि अगाडि बढ्ने

अर्थ राजनीति  ~  गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हाले लगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै […]