गण्डकी प्रदेशमा जब संसद् विघटनको प्रयास भयो

Machchapuchchre

अर्थ राजनीति  ~  नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी गर्न दिइएको समय सकिनुभन्दा आधा घण्टाअघि राष्ट्रिय जनमोर्चाका कृष्ण थापा शनिबार गण्डकी प्रदेश प्रमुखको निवास प्रवेश गरे । जनमोर्चा संसदीय दलको नेता परिवर्तन नभएको पत्र उनले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई थमाए । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा ३१ सांसद उपस्थित भएर शुक्रबार मुख्यमन्त्री दाबी गरेका विपक्षीलाई थापाको कदमले झस्कायो । बहुमत दाबी गर्ने समय दिउँसो ३ बजेसम्म थियो । थापा प्रदेश प्रमुखलाई भेटेर बाहिरिएपछि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत दाबी प्रस्तुत गरेको खुल्यो । गुरुङले तीन आधार प्रस्तुत गर्दै मुख्यमन्त्रीमा दाबी गरेका थिए । पहिलो– एमाले संसदीय दलको पत्र, दोस्रो– जनमोर्चाका थापाको पत्र र तेस्रो– जनता समाजवादी पार्टीका महन्थ ठाकुरको पत्र । एमालेका २७, जनमोर्चाका ३ र जनता समाजवादी पार्टी (जसपा) का २ गरी ३१ सांसद आफ्नो पक्षमा रहेको उनको दाबी थियो । जनमोर्चाले थापालाई कारबाही गरिसकेकाले शुक्रबारको प्रदेशसभा बैठकले उनलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएको थियो । अघिल्लोपल्टको कारबाहीको मुद्दामा भने सर्वोच्च अदालतको अन्तरिम आदेशले उनको सांसद पद पुनर्बहाली भएको थियो । महन्थ पक्षधर सांसद नै नभएको गण्डकीमा जसपाका केन्द्रीय सदस्य शंकर गौतम र प्रदेश संयोजक अनिल परियारले प्रदेश प्रमुखसमक्ष आफ्ना सांसदको समर्थन गुरुङलाई रहेको पत्र बुझाएका थिए । स्वयं गौतमले उक्त पत्र पठाएको पुष्टि गरे । जबकि जसपाका दुई सांसद हरिशरण आचार्य र धनमाया लामाले शुक्रबारै विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गरिसकेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्