सञ्चालक संघद्वारा आन्तरिक हवाई सेवा खोल्न माग

Machchapuchchre

अर्थ राजनीति  ~  वायुसेवा सञ्चालक संघले असार १ गतेबाट आन्तरिक हवाई सेवा खुल्ला गर्न माग गरेको छ । पछिल्लो समय कोरोना संंक्रमण दर ओरालो लागेकाले स्वास्थ्य सुरक्षा अपनाउँदै हवाई सेवा खुल्ला गर्ने संघले माग गरेको हो । संघले नवनयिुक्त संस्कृति, पर्यटन तथा नागरकि उड्डयनमन्त्री उमाशंकर अरगरियालाई भेटेर आन्तरिक हवाई खोल्न माग गरेको हो । अन्तर्राष्ट्रिय अनुसन्धानले पनि हवाई यात्रा सबैभन्दा सुरक्षित तथा संक्रमणरहित देखाएकोले लकडाउनमा संसारको कुनै पनि देशमा आन्तरिक उडान नरोकिएकोले स्वास्थ्य सुरक्षा अपनाएर असार १ गतेबाट आन्तरिक हवाई उडान सञ्चालन गर्ने वातावरण बनाउन मन्त्री अरगरियासमक्ष संघमा आवद्ध व्यवसायीहरुको माग थियो । संघका प्रवक्ता योगराज कँडेलका अनुसार, हवाई उडान खोल्ने विषयमा मन्त्री अगरियाले शुक्रबारसम्मको समय माग गरेको बताए । उनले शुक्रबारसम्म मन्त्रालयले कुनै लिने अपेक्षा गरेका छन् । मन्त्री अरगरियाले शुक्रबारसम्म केही निर्णय गर्ने बताएपनि हालसम्म आन्तरिक उडान खुलाउनेबारे कुनै छलफल भने भएको छैन । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले आन्तरिक हवाई सेवा खुल्ला गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएपनि औपचारीक कुनै छलफल नभएको बताए । कोरोना संकट व्यवस्थापन केन्द्रको रोहवरका मन्त्रिपरिषदले निर्णय गर्ने भएकाले गर्दा हालसम्म हवाई सेवा खोल्न कुनै छलफल केन्द्रित नभएको मन्त्रालयको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्