बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा अघिल्लो दिनको तुलनामा आज सुनचाँदीको मूल्य बढ्को छ । आज सुन तोलामा ६०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँ बढेको छ । नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । यसअघि हिजो छापावाल सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । चाँदी तोलामा २५ रुपैयाँ बढेर १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि बढेको चाँदीको मूल्य १ हजार ३५५ रुपैयाँ प्रतितोला कायम भएको थियो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्