एमाले विवाद: नेपाल पक्षलाई दिइएको ‘समयसीमा समाप्त’

अर्थ  राजनीति  ~नेकपा एमालेको संसदीय दलका उपनेताले पार्टी भित्र देखिएको विभाजन सम्बन्धी विवाद सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनाउने फैसलाले टुङ्गोमा पुर्‍याउने विश्वास आफूले लिएको बताएका छन्। यसअघि प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अघिल्लो साता बसेको पार्टीको बैठकले माधवकुमार नेपाल सहित असन्तुष्ट नेताहरूले प्रमुख विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भावी सरकारको नेतृत्व गर्न […]

असार २४ मा चीनबाट आउने खोपले अर्थतन्त्र तंग्रिने आशा

अर्थ राजनीति  ~  कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाउने खोप आउन केही ढिलाइ हुने भए पनि सरकारले चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीले उत्पादन गरेको खोप ल्याउने भएको छ । विगत करिब १६ महिनादेखि कोरोनाका कारण सुस्ताएको अर्थतन्त्र कोरोनाको खोपका कारण तंग्रिने आशा पनि गरिएको छ । सरकारले असार २४ बाट चीनको बेइजिंङस्थित सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल […]

प्रधानमन्त्रीले विदेशी शक्तिको आडमा भाँडभैलो मच्चाए’ : युवा नेताहरु

अर्थ राजनीति  ~  विद्यार्थी राजनीतिबाट आएका विपक्षी गठबन्धनका युवा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अधिनायवादको आरोप लागाएका छन् । राजधानीमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थी संगठनका वर्तमान र पूर्व नेताहरुले प्रधानमन्त्री ओलीले विदेशी शक्तिको आडमा भाँडभैलो मच्चाएको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले अस्पतालमा भेन्टिलेटर र आइसियु खोज्नुपर्ने संकटको बेलामा मतपेटीका […]

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चमा मुद्दा दायर

अर्थ राजनीति  ~  वाणिज्य बैंकका कर्मचारी युनियनहरुले सामाजिक सुरक्षा कोषविरुद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । जवजस्ती कोषमा आवद्ध गरी खाइपाइ आएको सेवासुविधा समेत कटौती हुने भन्दै आन्दोलनरत २२ वटा बैंकका युनियनहरुले संयुक्त रुपमा कोष विरुद्धआइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । २७ वटा वाणिज्य बैंक मध्ये तीन सरकारी बैंक (राष्ट्रिय वाणिज्य […]

आजबाट सवारीसाधन जोरबिजोर प्रणाली रद्द भयो

अर्थ राजनीति  ~  सार्वजनिक सवारीसाधन सञ्चालनका लागि काठमाडौं उपत्यकामा जारी रहेको जोरबिजोर प्रणाली मंगलबारदेखि हट्ने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुसहितको आइतबार बसेको बैठकले मंगलबारदेखि लागु हुने गरी निजी तथा सार्वजनिक सवारीमा रहेको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी निषेधाज्ञा सम्बन्धी सूचनामा भनिएको छ, “काठमाडौं […]

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन

अर्थ राजनीति  ~  राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबार परीक्षणको रुपमा बिजुली उत्पादन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न ४ बजे भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशी आयोजना उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन लागेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले […]

संसद विघटनको बहस आज सकिँदै, के आउला त निर्णय ?

अर्थ राजनीति  ~  प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज सकिँदै छ। रिट निवेदक पक्षका अधिवक्ताले आइतबार सुरु गरेको जवाफी बहस आज सकिने भएको हो। उनीहरूका लागि तोकिएको ३ घण्टामध्ये अब २ घण्टा समय बाँकी छ। यस समयमा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्नेछन्। जवाफी बहस […]

ओली र नेपालको रिस शान्त नभएसम्म पार्टी एकता हुँदैन : नेता गौतम

अर्थ राजनीति  ~  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एक आपसमा रिसाएको र सो […]

महेश बस्नेत : ” सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गरौँ “

अर्थ राजनीति  ~  सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले  सङ्घीयता र धर्मनिरपेक्षताबारे समीक्षा गर्नुपर्ने ८ बुँदे प्रस्ताव अघि सारेका छन् । आगामी चुनावको घोषणा–पत्रमा समेत यो विषयलाई समावेश गरिनुपर्ने बस्नेतको माग छ । प्रधानमन्त्रीको सकारी निवास बालुवाटारमा शुक्रबार र शनिबार सम्पन्न नेकपा एमालेको  केन्द्रीय कमिटीको बैठकमा नेता बस्नेतले सङ्घीयता र धर्मनिरपेक्षतामाथि […]

११ एसपीको सरुवा र पदस्थापन

अर्थ  राजनीति  ~  राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ११ जना एसपीको सरुवा भएको छ । गुप्तचरमा केही समयअघि डीएसपीबाट एसपीमा बढुवा भएकाको पदस्थापन र केही नयाँ एसपीहरुको सरुवा भएको हो । भक्तपुरमा टेकराज तिमिल्सेना, तनहुँमा उत्तम खनाल, चितवनमा शेरबहादुर चन्द, गोरखामा सुदिप अधिकारी, सुर्खेतमा जयन्द्र उपाध्याय र हेटौंडा तालिम केन्द्रमा विकास पाण्डेलाई सरुवा गरिएको हो । […]