सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चमा मुद्दा दायर

Machchapuchchre

अर्थ राजनीति  ~  वाणिज्य बैंकका कर्मचारी युनियनहरुले सामाजिक सुरक्षा कोषविरुद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । जवजस्ती कोषमा आवद्ध गरी खाइपाइ आएको सेवासुविधा समेत कटौती हुने भन्दै आन्दोलनरत २२ वटा बैंकका युनियनहरुले संयुक्त रुपमा कोष विरुद्धआइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । २७ वटा वाणिज्य बैंक मध्ये तीन सरकारी बैंक (राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक) लाई कोषमा जान अनिवार्य गरिएको छैन भने स्ट्याण्डर्ड चार्टड र लक्ष्मी बैंक यसअघि नै कोषमा आवद्ध भइसकेका छन् । कोषले मसान्तभित्र दर्ता भइसक्न पत्र काटे पछि एक सातादेखि कोषको विरुद्धमा आन्दोलन गरिरहेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्